बाँकेमा ४२ जनाको निःशुल्क स्थायी बन्ध्याकरण

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १४:३३
 

नेपालगञ्ज : स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरबाट ४२ जना नागरिकले सेवा लिएका छन् ।

बाँकेको राप्तीसोनारी–४ स्थित राप्तीसोनारी अस्पताल बैजापुरमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १४ जना महिला गरी १५ जनाले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यस अघि गङ्गापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा तीन पुरुष र आठ महिला गरी ११ जना र राप्तीसोनारी ६ कमैयाडाँडामा सञ्चालन गरिएको शिविरमा एक पुरुष र १५ महिला गरी १६ जनाले उक्त सेवा लिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार जिल्लामा सञ्चालन गरिएको शिविरमा हालसम्म ४२ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् ।


स्वास्थ्य कार्यालयले गत बिहीबारदेखि जिल्लाका विभिन्न स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार २० गते बेतहनी स्वास्थ्य चोकी, २२ गते नगर अस्पताल कोहलपुर, २४ गते नौबस्ता स्वास्थ्य चौकी, २६ गते सम्झना चोकस्थित बजार व्यवस्थापन समितिको भवन, २८ गते प्राथमिक स्वास्थ्य केन्द्र खजुरा, ३० गते बेलभार स्वास्थ्य चौकी र पुस २ गते नेपाल परिवार नियोजन सङ्घ बाँकेमा घुम्ती शिविर सञ्चालन हुनेछ । सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नारायणपुर–अगैया सडक स्तरोन्नति हुने

१९ मंसिर २०८०, मंगलवार १४:३३
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले नेपालगञ्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने १६ सय मिटर सडकको चौडा र कालोपत्रे गरी […]