सदरलाइन / लक्ष्मी तिमिल्सेना ,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण प्रभावितलाई सामाजिक आधार समुह (ग्रुपअफ सोसल फाण्डेशन) ले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा राहत वितरण गरेकोे छ ।
कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न गरिव दुखि, अपाङग नागरिकलाई राहत वितरण गरेको हो । दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न नागरिकलाई सामाजिक आधार समुहले ५० घरपरिवारलाई राहत वितरण गरेको छ ।
राहतमा १० किलो चामल, १ किलो नुन, १ किलो दाल, १ पोका तेल वितरण गरेको सामाजिक आधार समुहका अध्यक्ष जावेद हल्वाईले जानकारी दिए ।
विपदको समयमा गरिव दुुखीको सेवा गर्न पाउँदा हर्षित भएको अध्यक्ष हल्वाईले जानकारी गराए । उनले टिमको सक्रियतामा अति विपन्न परिवारलाई राहत बाड्न सफल भएको बताए ।
संस्थाका सल्लाहकार भगतराम थारु, उपाध्यक्ष ममता थापा, सचिव मेनुका रावत, सहसचिव सवुद्दिन हल्वाई, सदस्य अन्सारी लगायतले राहत वितरण गरेका थिए । नगरका विभिन्न स्थानमा अझै राहत वितरण गरिने संस्थाले जानकारी गराएको छ ।