सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राहत वितरण गर्दा कुनै पनि दातालाई सहभागी नगराउन निर्देशन दिएका छन् । सामाजिक सन्जालमा आफ्ना सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले राहत वितरणमा सामाजिक दुरी कायम गर्न, गराउन निर्देशन दिएका हुन् ।
तराईका कतिपय पालिका र वडाहरुले राहत वितरण गर्दा भिडभाड देखिएको र सामाजिक दुरी कायम गर्न नसकेको देखिएको अवस्थामा मुख्यमन्त्रीको ध्यानार्कषण भएको छ । सामाजिक दुरी कायम गराउनका लागि टोल संस्था मार्फत वितरणको व्यवस्था मिलाउन सुझाव दिइएको छ ।
राहत पाउन योग्य परिवारको पहिचान गरी सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्नु र गराउन मुख्यमन्त्रीको निर्देशन छ । सामाजिक दुरी नै कोरोना भाईरसको संक्रमण हुन नदिने सबैभन्दा प्रभावकारी उपाय भएको मुख्यमन्त्रीको भनाई छ ।


