सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन उद्धार कोषमा राहत संकलन जम्मा हुने क्रम बढेको छ । राप्ती गणेश कन्स्टक्शनका सञ्चालक ओम नारायण शाहले सोमवार एकलाख एकहजार रुपैयाँ जम्मा गरेका छन् ।
शाहले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र लेखा अधिकृत लोकेन्द्र रावतलाई सहयोगको चेक हस्तान्तरण गरे ।
कोषमा नेपालगञ्ज उपमहानगरपालिकाले ३० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ । कोषबाट कोरोना भाईरस भित्रिन नदिन पूर्वतयारी, क्वारेन्टाईनलगायत आवश्यक मेडिकल सामग्रीको उपलब्धतासँगै समितिको निर्णयका आधारमा खर्च गरिनेछ ।
विपन्न समुदायका ब्यक्तिलाई सहयोगसमेत गरिनेछ । उपमेयर मगरले कोषमा रकम सहयोगका लागि उद्योग ब्यवसायी, सहकारी, संघ संस्था लगायत सहयोगदातामा अनुरोध गरिएको जानकारी दिइन् ।
