सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. १ साईगाउँका १२ जना युवालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको दिल्लीबाट सोमवार आएका १२ जनालाई जानकी गाउँपालिका वडा नं. ४ स्थित मानपुरमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।
ति युवाहरुलाई वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईको नेतृत्वमा क्वारेन्टाईन पठाइएको छ । उनीहरु जानकी वडा नं. १ संग जोडिएको नेपाल भारतको खुल्ला सिमा भएर नेपाल आउन लागेका थिए । त्यस्तै फ्रान्सबाट आएकी युवतीसंग विमानमा आएका जानकी गाउँपालिकाका २ जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।
जानकीको क्वारेन्टाइनमा हालसम्म पाँच जना बसेका थिए । जसमध्ये ४ जनाको परीक्षण नतिजा नेगेटिभ आएको जानकी स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले जानकारी दिए । क्वारेन्टाइनमा वडा नं. १ का २, वडा नं. ४ का २ र वडा नं. ६ का १ जना बसेका छन् भने एक जनाको स्वाब अहिले पठाइएको छैन ।
Next Post
बुटवलमा मृत्यु भएकाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
१७ चैत्र २०७६, सोमबार १६:०९
सम्बन्धित
-
२१ पुष २०७८, बुधबार १७:५२
जमुनाहादेखि हर्रेसम्मको सडक सीमा अतिक्रमण हटाउन निर्देशन
-
२४ आश्विन २०७९, सोमबार १८:५६
प्रदेशसभा सदस्य उम्मेदवार ‘नमुना’ बाढी प्रभावित क्षेत्रमा
-
१७ श्रावण २०७५, बिहीबार १५:०७
आँखा पाक्ने रोगका बिरामी बढे
-
२९ कार्तिक २०७५, बिहीबार १९:०८
६० टेब्लेट ‘नाईट्रोजपाम’ सहित बसका सहचालक पक्राउ
-
२९ फाल्गुन २०७७, शनिबार १०:५८
अवैध हतियार सहित बैद्य माओवादीका सल्लाहकार थारु पक्राउ
-
१२ जेष्ठ २०७४, शुक्रबार १७:४१
दुई वर्षदेखि राप्तीपारीको स्वास्थ्य केन्द्र डाक्टर बिहीन