सदरलाइनडटकम,
कैलाली : धनगढीको सिद्धार्थ बैँकले कोरोना भाईरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ ।
बैंकको प्रदेश कार्यालयका प्रमुख पवन चन्द्र अधिकारी र धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले शनिवार १० लाखको चेक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका छन् । चेक बुझ्दै मुख्यमन्त्री भट्टले संकटको समयमा बैकले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गरेका थिए ।
