शाहद्वारा ५१ हजार सहयोगको घोषणा

१५ चैत्र २०७६, शनिबार १६:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका समाजसेवी कृष्णजंग शाहले कोभिड–१९ सहायता कोषमा ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । कोराना भाइरस महामारी रोगबाट बच्नका लागि गरिएको लकडाउनको अवस्थामा छाक टार्न गाह्रो भएको बिपन्न परिवारलाई खाद्यान्नका लागि उनले सहयोग गर्ने घोषणा गरेका हुन् ।
शनिवार आफ्नो फेसबुक वालमा लेख्दै उनले भने, यस्तो अवस्थामा सबैले आ–आप्नो ठाउँबाट सहयोग गरौं । मैले मेरोतर्फबाट सानो सहयोगको घोषणा गरेको छु ।, नेपालमा लकडाउनको आज पाँचौ दिनमा दैनिक काम गरेर खाने मानिसलाई जीवन निर्वाह गर्न गाह्रो भइरेको छ ।,
सामाजसेवी शाहले बिभिन्न समयमा समस्यामा परेकाहरुलाई सक्दो सहयोग गर्दै आएका छन् । त्यस्तै उनले गत २०७२ सालको भूकम्प पिडितका लागि पनि सहयोग गरेका थिए । पीडितहरुका लागि स्थापना गरिएको कोभिड–१९ सहायता कोषमा दाताहरु बढ्दै गएका छन् ।

Next Post

डुडुवामा एघार बेडको क्वारेन्टाइन तयार

१५ चैत्र २०७६, शनिबार १६:१०
सदरलाइनडटकम, डुडुवा (बाँके) : कोरोना भाइरसको संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँकेको डुडुवा गाउँपालिकाले ११ बेडको क्वारेन्टाइन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित बेतहनी स्वास्थ्य चौकीमा शनिवार ११ शैय्याको क्वारेन्टाइन तयार गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार क्वारेन्टाइनमा बेडसंगै साबुन पानी, […]