टोकियो ओलम्पिक : एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्

सदरलाइन संवाददाता १५ श्रावण २०७८, शुक्रबार १३:४७
 

काठमाण्डौ : नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् ।

ओलम्पिक स्टेडियमको ट्रयाकमा बिहान सरस्वतीले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन् । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । सन् १९९९ को साग गेम्समा देवीमाया पनेरुले १२ दशमलव २० सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ ।


टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन्। पौडीका गौरिका सिंह, एलेक्जेण्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु

१५ श्रावण २०७८, शुक्रबार १३:४७
नेपालगञ्ज : नेपाल शिक्षक महासंघ नगर समितिको अगुवाई जसमा विभिन्न १३ वटा शिक्षक संगठनहरु आबद्ध रहेको संयुक्त आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका लगायत देशभरी रिले अनसन शुक्रवार शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्राङणमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु गरेको हो । विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग गरिएका मागहरु […]