सदरलाइनडटकम
भुरीगाउँ (बर्दिया) : पर्यटकिय जिल्लाको रुपमा चिनिएको बर्दियाको भुरीगाउँ बजारको ट्राफिक व्यवस्था सुधारको लागि सर्वसाधारणले आग्रह गरेका छन् ।
ठाकुरबाबा नगरपालिका भूरिगाउमा नगरबस, पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीका साधन यत्रतत्र जाहापायो त्यही रोकेर पार्किङ्ग गरि दिदा सर्वसाधारणलाई असहज भएको स्थानीय रुद्र खड्काले गुनासो गरे ।
उनले पर्यटकिय नगरपालिका भएको कारणले पनि यहाँको ट्राफिक व्यवस्थाको व्यवस्थापन गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले नगरपालिका र स्थानीय प्रहरीले समयमै यसको व्यवस्थापनका लागि चासो नदिए सडक दुर्घटना समेत निम्तीन सक्ने खतरा बढेको बताए ।
पूर्व–पश्चिम राजमार्ग सोही नगरपालिका हुँदै जाने भएकोले पनि अत्यन्तै चल्तीको सो सडक खण्डमा ट्राफिक व्यवस्थापनको लागि संबन्धित निकायले तत्काल पहल गर्न उनको सुझाव छ ।
