कोरोना संक्रमणबाट बाँकेमा मृतक दर बढ्दै

सदरलाइन संवाददाता १ कार्तिक २०७७, शनिबार १०:१२
 

नेपालगञ्ज : पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमित मृतकको दर बढिरहेको खुलासा भएको छ । शुक्रवार राती नेपालगञ्जका दुई कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको दर बढिरहेको खुलासा भएको हो ।

नेपालगञ्ज १९ कारकाँदोका १८ बर्षीया एक युवती र नेपालगञ्ज १० भृकुटीनगरका ६१ बर्षीय एक पुरुषको उपचारकै क्रममा शुक्रवार राती मृत्यु भएको हो ।

युवतीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र पुरुषको भेरी अस्पतालमा नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


फोकल पर्सन श्रेष्ठका अनुसार नेपालगञ्ज १९ कारकादोका १८ बर्षिया कोरोना संक्रमित ती युवतीको राती साढे ९ बजे मेडिकल कलेज कोहलपुरमा र नेपालगञ्ज १० भृकुटीनगरका ६१ बर्षिय पुरुषको राती ९ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

संक्रमित दुबैलाई उपचारका क्रममा एन्टिबायोटिक्स, रेम्डेसिभर, भेन्टिलेटर, प्लाज्मा थेरापी लगायत सबै प्रकारको अन्य सपोर्टिभ उपचार गर्दागर्दै शुक्रवार राती उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । मृतकहरुको शव व्यवस्थापनका लागि सम्बन्धितले समन्वय र गरिरहेको जनाइएको छ ।

Next Post

बडा दशैं शुरु, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

१ कार्तिक २०७७, शनिबार १०:१२
नेपालगञ्ज : हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं शनिवारबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिंदै छ । मलमासका कारण कात्तिक महिनामा परे पनि तिथी अनुसार आज आश्विन शुक्लपक्ष प्रतिपदा तिथी हो । आज सबैले आ–आफ्नो घरको पुजा कोठामा विधिपूर्वक घटस्थापना […]