अपाङगता भएका व्यक्तिलाई व्हीलचीयर

११ असार २०७५, सोमबार १९:०९
 

सदरलाइनडटकम 
नेपालगन्ज : अपाङगता भएका व्यक्तिको जीवनयापनमा सहज होस भन्ने उदे्श्यले नेपालगन्ज उप–महानगरपालिकाद्वारा वडा न ८ मा व्हील चियर वितरण गरिएको छ ।

वडा न ८ को सहयोगमा फातिमा फाउण्डेशन नेपालद्वारा सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका दुई जना अपाङगता भएकालाई व्हील चियर हस्तान्तरण गरियो ।


अपाङगता भएका व्यक्तिको जीवनयापनमा सहज होस भन्ने उदे्श्यले वडा कार्यालयले ५० हजारको सहयोग गरेको थियो । शारिरीक अपाङगता भएका सीन्नी बसखोर र दिपक ठटेरलाई व्हील चियर प्रदान गरिएको हो ।

 व्हील चियर प्रदान गर्दै वडा अध्यक्ष सुरेन्द्र गुप्ताले मानवीय सहयोगले हिडडुलमा सहज पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा फाउण्डेशनका कार्यवाहक अध्यक्ष मैमुना सिद्यीकी र महासचिव सवनम प्रविण लगायत वडा सदस्य तथा स्थानीयको उपस्थिती रहेको थियो । 

Next Post

लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रमको अनुगमन

११ असार २०७५, सोमबार १९:०९
सदरलाइनडटकम नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा विभिन्न संस्थाद्वारा सञ्चालन गरेको लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत संघ सस्था र तिनका कार्यक्रम बारे अनुगमन गरिएको छ । उप–महानगरपालिकाको उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले अनुगमन गरेको हो । उप–महानगरपालिकाले लागु औषध दुर्वसनविरुद्ध कार्यरत सहारा हाउस, प्रेरणा पुनस्र्थापना केन्द्र, सामना र नव किरण […]

सम्बन्धित