अलपत्रलाई उद्दारगरी महेन्द्र बहुमुखी क्याम्पस पुराईयो

१० चैत्र २०७६, सोमबार १३:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज नाकामा अलपत्र परेका नेपालीहरुको नेपालगञ्ज उपमहानगरको पहलमा उद्धार गरीेएको छ ।

सिमा नाका बन्द भएपछि नेपालगञ्ज पुगेका करिब ५ सय बढि नेपाली नागरीकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले उद्धार गरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पुर्याईएको छ ।

केही घण्टा क्याम्पस परिसर मै आराम गरेपछि हरेकलाई उनीहरुको गृह जिल्लासम्म पुर्याउने ब्यवस्था मिलाईएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जनाकारी दिईन ।

गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पुर्याउने निर्णय भएसँगै उनीहरुको स्वास्थ्य परिक्षण गरी उपमहानगरको नगर बसद्धारा महेन्द्र क्याम्पस परिसरमा लगिएको छ । महेन्द्र क्याम्पस लग्नुअघि जमुनाह नाकामै सबैको स्वास्थ्य परिक्षण गरीएको थियो ।


भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएका उनीहरुलाई भारतीय प्रहरीले नेपालगन्ज नाकामा ल्याए छाडिदिएको थियो । भारतमा जनता कर्फ्यु लागेको भएपनि भारतीय प्रहरीले आफुहरुलाई सुरक्षित रुपमा नेपालगन्ज नाकासम्म पुर्याईदिएको उनीहरुले बताएका छन ।

सोमबार बिहान २ बजे दशगजा क्षेत्रमा पुगेका ५ सय बढि नेपाली नागरीकहरुलाई जमुनाह प्रहरीले चाउचाउ र पानी उपलब्ध गराएको थियो ।

बहराइच जिल्ला र बाँके जिल्लाका सुरक्षा अधिकारीहरुको हिजो बिहान गरेको सहमति अनुसार हिजो बिहान साढे दस बजेदेखी जमुनाह नाका बन्द गरिएको थियो ।

Next Post

जमुनाहा नाकामा अलपत्र नेपाली भित्रिए

१० चैत्र २०७६, सोमबार १३:४३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल–भारत जमुनाहा नाकामा अलपत्र परेका करीब पाँच सय नेपालीलाई नेपाल भित्र्याएको छ । सोमवारदेखि आवागमन पूर्णरुपमा बन्द गरिएपनि भारतका विभिन्न शहरबाट आउने नेपालीको संख्या रोकिएको छैन । सोमवार विहानसम्म जमुनाहा नाकामा आईपुगेका पाँचसय बढि नेपालीलाई नेपाल भित्र्याइएको हो । यस्तै नेपालतर्फ रोकिएका करीब दुईसय भारतीय पनि भारत […]