सल्यानमा नन्दद्वारा भाउजू माथि धारिलो हतियार प्रहार

सदरलाइन संवाददाता ७ फाल्गुन २०७९, आईतवार १४:२९
 

नेपालगञ्ज : सल्यानमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ मुलखोला बस्ने ३१ वर्षीया दुर्गा ओलीले सोही ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षीया दुर्गी खड्का संग एक आपसमा सामान्य विवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो हतियार प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


घाइते दुर्गीलाई श्रीनगर स्थित परोपकार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ । हतियार प्रहार गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा ४६ विपन्न व्यवसायीलाई ८० लाख लगानी

७ फाल्गुन २०७९, आईतवार १४:२९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आइतवार वडा नम्बर ४, ७, ८, ९, ११ र […]