रोकिएको एउटा ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २४ माघ २०७८, सोमबार १२:४२
 

बुटवल : बुटवलमा रोकिएको एउटा ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका(१२ स्थित तामनगर नजिकै रोकीराखेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहान साढे ५ बजे ठोक्किएको थियो ।


दुर्घटनामा स्थानीय २८ वर्षका सबिन थारु, गोबिन्द चौधरी र ३० वर्षका कार चालक नबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्थानका २७ वर्षका अनिसा जीसी र भागिरथ चौधरीको भने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

२४ माघ २०७८, सोमबार १२:४२
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ बर्दियाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा गएराती मृत्यु भएको हो । माघ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनको भोलीपल्ट राती १० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ […]