सदरलाइनडटकम,
दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नंं. ७ स्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा बुद्धको मूर्ति राखिने भएको छ । पर्यटकको आकर्षण बढाउनकालागि प्रदेश सरकारको ५० लाख र तुलसीपुर उपमहानगरपालिकाको ५० लाख लागतमा बुद्धको मूर्ति निर्माण गर्न लागिएको हो ।
जस्मा २५ लाखको मात्रै बुद्धको मूर्ति निर्माण गरिने पार्कका अध्यक्ष डिल्लीराज भण्डारीले बताए । उक्तमूर्ति निर्माण न्यू मध्यराज मूर्तिकला स्टुडियो चितवनले निर्माण गर्दैछ ।
साथै सो उद्यानमा बुद्धको मूर्ति, पुष्पबाटिका, संग्राहलय, पानीको फोहोरा लगायतका आकर्षक निर्माण कार्य तीव्ररुपमा भईरहेको छ ।
