नेपालगञ्ज : बाँकेमा शनिवार ३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २० पुरुष र १८ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय २४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेमा विरामी निको हुने दर ९० दशमलव ८० प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ५६ र अन्य जिल्लाका १६ गरी २ सय ७२ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय १० जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।