प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै

सदरलाइन संवाददाता १६ फाल्गुन २०७७, आईतवार ०९:१७
 

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली आइतवार गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।


सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सञ्चालित छन् ।

Next Post

नेपाली र भारतीय लायन्स क्लवबीच मितेरी सम्बन्ध कायम

१६ फाल्गुन २०७७, आईतवार ०९:१७
नेपालगञ्ज : लायन्स क्लव अफ नेपालगञ्ज ईनोभेटिभ र लायन्स क्लव अफ सेवा गोण्डाबीच मितेरी सम्बन्ध कायम भएको छ । शनिबार नेपालगञ्जमा सो कार्यको दुबै क्लवका पदाधिकारी तथा सदस्य लायनहरुबीच घोषणा गरिएको हो । लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी–२ अन्तरगतको लायन्स क्लव अफ नेपालगञ्ज ईनोभेटिभ र लायन्स क्लब अफ […]