‘मिस मिडवेष्ट’ सातौ संस्करणको उपाधि सुनिता तामाङ्गलाई

२३ फाल्गुन २०७६, शुक्रबार १८:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ब्लु ओसियन प्रालिको व्यानरमा हालै सम्पन्न ‘मिस मिडवेष्ट’ को सातौ संस्करणको उपाधि सुनिता तामाङ्गले जित्न सफल भएकी छन् । उनले टाईटल उपाधिसंगै मिस टेलेन्ट र मिस डिसिप्लिनसमेत जित्न सफल भईन ।

मिस एटिच्युडको उपाधि सहित सृष्टि फौजाले फस्ट रनरअप हुन सफल भईन भने उनलाई पछाउदै मिस म्याग्नीमस सहित सेकेन्ड रनरअपको उपाधि सजिना नेपालीले चुमेकी छन् ।

यसैगरी अस्मिता भुसाल थर्ड रनरअप हुन सफल भएकी छन् । शारदा बुढाले मिस ईम्प्रभमेन्ट, सदिक्षा क्षेष्ठले मिस फोटोजेनिक र सरस्वती चौधरीले मिस ईनोसेन्सको उपाधि जितेकी छन् ।


नेपालगन्जको होटल बाटिकामा सम्पन्न सो प्रतियोगितामा लर्ड बुद्ध नर्सिङ्ग कलेज कोहलपुरका प्रिन्सिपल सञ्जिभा ढकाल, शिक्षाविद् सरोज तामाङ्ग, रमेश मल्ल, तथा मोर्डन माविका प्रिन्सिपल खड्ग बोहराले निर्णायकको भुमिका निभएका थिए ।

विजेताले १६ हजार पारुल फेशनबाट, एकवर्षको वण्डरल्याण्ड वाटरपार्कमा प्रवेश निशुल्क, सिंह ज्वेलर्स त्रिवेणीमोडबाट नयाँ गहना बनाउदा शतप्रतिशत ज्याला निशुल्क र ३ प्रतिशत हरेक गहना खरिदमा छुट पाउने छन् ।

आयोजक ब्लु ओसियन प्रालिका प्रबन्ध निर्देशक पवन श्रोतियाले प्रतियोगिता सफल बनाउन र किशोरीहरुमा लुकेर बसेको फरक क्षमतालाई उजागर गर्दै बाहिर ल्याउन मद्दत गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा समेत सहयोग र सहकार्यको लागि आग्रह गरेका छन् ।

Next Post

प्राईभेट फर्म नविकरणको सुबिधा उपयोग गर्न संघको आग्रह

२३ फाल्गुन २०७६, शुक्रबार १८:३९
सदरलाइनडटकम, नेपालगञ्ज   : नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले प्राईभेट फर्महरुको नबिकरण लामो समयदेखि हुन नसक्दा व्यवसायीलाई विभिन्न झमेला ब्यहोर्नु परेको अवस्था अब नहुने बताएका छन् । उनले संघको पहलमा बाणिज्य आफूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेका कार्यालय परिसरमा प्राईभेट फर्म नबिकरणको लागि हेल्पडेस्क स्थापना गर्दै […]