सदरलाइनडटकम
नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले नजिकिदो पर्वलाई लक्षित गरी नगरको शान्ति सुरक्षालाई सुदृढ बनाउनको लागि विभिन्न खालका गतिविधि सञ्चालनमा ल्याएको जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले शनिबार नेपालगञ्ज–२ का विभिन्न स्थानबाट ठूलो मात्रामा घरेलु मदिरा, बनाउन प्रयोग हुने भाँडा र त्यसको लागि आवश्यक पर्ने सरदाम नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिए ।
उनीहरुको टोलीले अवैध घरेलु मदिरा १ हजार ६ सय ६० लिटर, मदिरा वनाउन प्रयोग गरीने सामान ३ थान र जाँड वनाउन प्रयोग गरीने औषधि ७ किलो साथै केही मदिरा बनाउन तयारी अवस्थामा रहेको मोलासिस नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
‘घरेलु हिंशाको मुख्य कारक घरेलु मदिरा समेत भएको कारणले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि हामीहरुले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका हौ’– प्रहरी निरिक्षक डाँगीले भने ।
Next Post
‘केमपोल लुब्रिकेन्ट’ को नेपालगञ्जमा बिक्रि सुरु
२० आश्विन २०७५, शनिबार १९:०२
सम्बन्धित
-
१३ फाल्गुन २०७५, सोमबार २२:३९
नेपालगञ्जमा ४औँ ‘हिसानकप’ प्रतियोगिता हुदै
-
१२ फाल्गुन २०७९, शुक्रबार १२:५०
बातानुकुलित ग्राहक प्रतिक्षालय भवनको उदघाटन
-
५ भाद्र २०७३, आईतवार ०३:४९
शिक्षक संगठन र संघको छुट्टाछुट्टै तीज कार्यक्रम
-
१७ चैत्र २०७५, आईतवार १४:१८
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
-
१० भाद्र २०८१, सोमबार १३:०१
श्रीकृष्ण जन्माष्टमीको अवसरमा लुम्बिनीका मुख्यमन्त्रीको सन्देश
-
११ श्रावण २०७८, सोमबार १७:३०
कालिकोटको मान्म–नरहरीनाथ जोड्ने केबुलकार निर्माण गरिदै