सदरलाइनडटकम,
नेपालगञ्ज : मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । महाशाखाले देशका पश्चिमी भूभागकालगायत मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
