बडा दशैंको पाँचौ दिन शुक्रवार स्कन्दमाताको पूजा गरिँदै

सदरलाइन संवाददाता १४ आश्विन २०७९, शुक्रबार १३:५८
 

नेपालगञ्ज : शुक्रवार बडादशैंको पाँचौं दिन, हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदैछन् ।

नवदूर्गा मध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।


स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा युरो (मूत्र रोग) सेवा शुरु

१४ आश्विन २०७९, शुक्रबार १३:५८
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा युरो (मुत्ररोग) सेवा शुरु भएको छ । भेरी अस्पतालले युरोलोजिष्ट डा दिपेश गुप्तालाई भित्र्याएसँगै केही वर्षदेखि बन्द अवस्थामा रहेको युरो सेवा नियमित गरेको हो । अस्पतालले एम.सी.एच युरो सर्जनबाट पहिलो पटक युरो सेवा शुरु गरेको हो । डा गुप्ताले आधा दशक बढी नेपालगञ्ज मेडिकल कलेज […]