नेपालगञ्जदेखि छिन्चु जाँदै गरेको कारबाट अबैध सामान बरामद

सदरलाइन संवाददाता २१ श्रावण २०८०, आईतवार १५:२७
 

नेपालगञ्ज : सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट आईतबार अबैध समान बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका ४ जनाको प्रहरी टोलिले कुर्ता सुरुवाल २ सय ४७ पिस, धोती ३६ पिस, तन्ना ८ पिस, थानको लुङ्गी ५ रोल बरामद गरेको हो ।


नेपालगञ्जदेखि छिन्चु तर्फ जाँदै गरेको बा १६ च २१२० नम्बरको कारलाई जाँच गर्दा कुनै पनि बिल नभएको सामान फेला परेको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

बरामद गरिएको कपडाहरु ईलाका प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा घाँटी रेटिएको अवस्थामा महिला मृत फेला

२१ श्रावण २०८०, आईतवार १५:२७
नेपालगञ्ज : सल्यानमा एक जना महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर […]