कोरोनाको त्रास : इरानमा ५४ हजार बढी कैदी रिहा

२१ फाल्गुन २०७६, बुधबार १६:२३
 

सदरलाइनडटकम,
काठमाण्डौ : धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस भनेर इरानले ५४ हजार भन्दा बढी कैदीलाई तत्कालका लागि रिहा गरेको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलाम होसिन इस्माइलीले परीक्षणबाट कोरोना नभएको पुष्टि भएकाहरुलाई केही दिनका लागि छाडिएको बताएको बीबीसीले जनाएको छ । पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका र सुरक्षासँग सम्बन्धित कैदीहरुलाई भने छाडिएको छैन ।

Next Post

मेलामहोत्सव स्थगित गर्न बाँके प्रशासनको आग्रह

२१ फाल्गुन २०७६, बुधबार १६:२३
सदरलाइनडटकम, नेपालगञ्ज : कोभिड १९ अर्थात कोराना भाइरसलाई दृष्टिगत गर्दै कुनै पनि सभा, सम्मलेन, मेला, महोत्सव नगर्न बाँके प्रशासनले अनुरोध गरेको छ । कोरोनाको सम्भावित जोखिज कम गर्ने उद्देश्यले ठूलो समूह सहभागी हुने कुनैपनि सभा सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय बाँकेले बुधवार जारी गरेको सूचनामा उल्लेख छ । प्रदेश नं. […]