सदरलाइनडटकम,
नेपालगञ्ज : कोभिड १९ अर्थात कोराना भाइरसलाई दृष्टिगत गर्दै कुनै पनि सभा, सम्मलेन, मेला, महोत्सव नगर्न बाँके प्रशासनले अनुरोध गरेको छ । कोरोनाको सम्भावित जोखिज कम गर्ने उद्देश्यले ठूलो समूह सहभागी हुने कुनैपनि सभा सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय बाँकेले बुधवार जारी गरेको सूचनामा उल्लेख छ ।
प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका पत्रानुसार सभा, सम्मेलन, मेला, महोत्सवहरु हाल स्थगित गर्न प्रशासनले आग्रह गरेको हो ।

