सदरलाइनडटकम,
सुर्खेत : सडक दुर्घटनामा परी सुर्खेतमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ८ दैलेखी चोकस्थित भे १ त ८१७६ नं. को ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे ३ प ७४२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत खजुराका ३३ वर्षीय यमबहादुर विक र ३२ वर्षीय खगेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए ।
गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका ८ का २५ वर्षीय तुलबहादुर राम्जालीको अवस्था गम्भीर रहेकोले उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको । ट्रयाक्टर चालक भेरीगंगा नगरपालिका ५ सुर्खेतका गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
