८५ तोला चाँदीसहित बाँकेमा एक पक्राउ

सदरलाइन संवाददाता २८ श्रावण २०७८, बिहीबार १४:२०
 

नेपालगञ्ज : ८५ तोला चाँदीसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मुगुम कार्मारोङ गाउँपालिका–६ मुगुका कर्माथि तामाङलाई ८५ तोला चाँदीका कन्दनसहित नाकाबाट पक्राउ गरिएको जमुनाहाका प्रहरी इञ्चार्ज पूर्ण खत्रीले जाकनारी दिए ।


भारतीय बजार रुपइडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा तामाङलाई नाकाबाट पक्राउ गरिएको हो । बरामद गरिएको चाँदी र तामाङलाई थप कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समिट एयरले बाँके–रुकुम नियमित उडान गर्ने

२८ श्रावण २०७८, बिहीबार १४:२०
नेपालगञ्ज : मध्यपश्चिम तथा सुदुरपश्चिमको व्यापारिक केन्द्रको रुपमा पहिचान कमाउन सफल रहेको बाँकेको राँझा बिमान स्थलबाट रुकुम पश्चिम क्षेत्र सल्ले बिमान स्थलमा निजी कम्पनी समिट एयरले नियमित उडान सञ्चालन गर्ने जनाएको छ । बाँकेमा विकासले गति लिन शुरु गरेसँगै राँझा बिमान स्थलबाट यस अगावै पोखराको लागि समेत नियमित उठान शुरु […]

सम्बन्धित