क्षयरोगीलाई १२ लाख बराबरको सामग्री सहयोग

सदरलाइन संवाददाता ६ पुष २०७९, बुधबार १२:३९
 

नेपालगञ्ज : विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामग्री सहयोग गरेको छ । टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका विरामीका लागि उक्त सामग्री सहयोग गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगञ्ज उपमहानगरपालिका ४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रबन्धक गंगाराम बुढाथोकी, स्वास्थ्य कार्यालयका फोकल पर्सन मानबहादुर नेपालीलगायतले टिबी नेपालका अध्यक्ष लक्ष्मण रेग्मीलाई उक्त सामग्री हस्तान्तरण गरे ।


प्रबन्धक बुढाथोकीका अनुसार २० थान लोबेड, २० बेड लकर टेबुल, २० थान म्याट्रेु। २० सिरानी, २० थान झुल, २० थान ब्लांकेट, सय थान ज्याकेट, सय थान टोपी, २० थान हटब्याग, ८० थान पोला ब्लाँकेट, कार्पेट, शुद्ध खानेपानीका लागि वाटर प्युरीफिकेशन जडान गरिएको छ ।

होस्टेलमा ३१ जना विरामी भर्ना भएका छन् भने १४ जना नियमित बसिरहेको टिबी नेपालका कार्याक्रम संयोजक हिक्मत खडकाल जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नदीजन्य पदार्थको दोहनविरुद्ध बैजनाथ गाउँपालिका घेराउ

६ पुष २०७९, बुधबार १२:३९
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित मानखोलामा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार हुने गरेको छ । अवैध नदी उत्खनन कार्यले नदीजन्य समस्या उत्पन्न भएको भन्दै स्थानीयले यसको नियन्त्रणका लागि गाउँपालिका कार्यालय घेराउ गरेका छन् । एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार भइरहेको गुनासो उठे पनि […]

सम्बन्धित