नरैनापुरमा प्रथम अध्यक्ष कप प्रतियोगिता शुरु

१६ फाल्गुन २०७६, शुक्रबार १६:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रवारदेखि गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको प्रमुख अतिथि बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले उद्घाटन गरे ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको सभापतित्व तथा प्रदेश सांसद् कृष्णा केसी नमुनाको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन समारोहमा अथकले नरैनापुरलाई विकासको मूल प्रवाहमा ल्याउन आफू लागिपरेको बताउँदै शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय जागृत हुनुपर्नेमा जोड दिए ।
बघौडाको विकास आफ्नो मुख्य प्राथमिकता भएको भन्दै प्रदेश सांसद् नमुनाले बिस्तारै विकास देखिन थालेको बताइन् । गाउँपालिका अध्यक्ष शाहले विद्यार्थीहरुको शारीरिक, मानसिक र सर्वाङ्गीण विकासका लागि खेलकुद जरुरी रहेको भन्दै गाउँपालिकाले खेल क्रियाकलापलाई प्राथमिकतामा राखेको बताए ।
उद्घाटन समारोहमा शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, जयकिसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादवलगायतले यस्तो प्रतियोगिताले खेलाडी उत्पादन गर्ने नर्सरी भएको बताए ।
वडा नम्बर ६ भोजपुरस्थित जयकिसान माविको प्रांगणमा शुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका तीन वटा माविका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका छन् । तीन विद्यालयका ८९ जना विद्यार्थी सहभागी प्रतियोगितामा १०० मिटर दौड छात्रछात्रा, २०० मिटर दौड छात्रछात्रा, लङ्गजम्प, हाईजम्प, कबड्डी, भलिबल लगायत १५ इभेन्ट खेलाइनेछ ।

Next Post

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठ उग्रताराको दर्शन

१६ फाल्गुन २०७६, शुक्रबार १६:२०
सदरलाइनडटकम, डडेल्धुरा : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात रहेको बताएकी छन् । डडेलधुरास्थित उग्रतारादेवीको मन्दिरमा शुक्रार दर्शन गरेकी राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेशमा विकासको धेरै सम्भावना भएको बताइन् । भ्रमण वर्ष २०२०को शिलसिलामा सुदूरपश्चिम प्रदेशका दार्चुला जिल्लाको मालिकाअर्जुन मन्दिर, बैतडीको निङ्लाशैनी मन्दिर र डडेल्धुरा जिल्लाको प्रशिद्ध […]

सम्बन्धित