सदरलाइनडटकम,
डडेल्धुरा : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात रहेको बताएकी छन् । डडेलधुरास्थित उग्रतारादेवीको मन्दिरमा शुक्रार दर्शन गरेकी राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेशमा विकासको धेरै सम्भावना भएको बताइन् ।
भ्रमण वर्ष २०२०को शिलसिलामा सुदूरपश्चिम प्रदेशका दार्चुला जिल्लाको मालिकाअर्जुन मन्दिर, बैतडीको निङ्लाशैनी मन्दिर र डडेल्धुरा जिल्लाको प्रशिद्ध उग्रतारा मन्दिरको दर्शन गरेको राष्ट्रपति भण्डारीले बताइन् ।
उग्रतारा वेदविद्याश्रममा अध्ययनरत बटुकहरुले संस्कृतमा राष्ट्रपतिको स्वागतस्वरूप स्वस्तानी वाचन गरेका थिए । राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिका र उग्रतारा क्षेत्र विकास समितिले नागरिक अभिनन्दनसहित सम्मान गरेको थियो । यसैगरी क्याम्ब्रिज स्कुल र व्रह्मकुमारी ईश्वरीय विद्यालयले मायाको चिनो प्रदान गरेका थिए ।
