पेस्तोल ताकेर धम्क्याउने दाङबाट पक्राउ

१८ श्रावण २०७६, शनिबार १४:४७
 

सदरलाइनडटकम,
दाङ : दाङको बंगलाचुली गाउँपालिका, मूलटापा गाउँबाट प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । स्थानीय ३० वर्षीय शिवबहादुर विकलाई शनिवार बिहान कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रक्सी खाएर स्थानीय होटलमा बास बसेकाहरुलाई पेस्तोल निकालेर ‘मार्छु भनी ताकेर हान्न खोजेको’ भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनुभयो ।

Next Post

पत्नीलाई जुवामा हारेपछि सामूहिक बलात्कार

१८ श्रावण २०७६, शनिबार १४:४७
सदरलाइनडटकम, काठमाण्डौ : भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर […]