नेपालगञ्ज : २० वर्षदेखि फरार रहेका हत्या आरोपीलाई नरैनापुर प्रहरीले पक्राउ गरेको छ ।
साबिक होलिया गाविस वडा नं. ९ हाल डुडुवा गाउँपालिका– १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा फागुन १९ गते इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी खडैचा बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके डुडुवा गाउँपालिका–१ स्थित खडैचाबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बेहनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज वीरबहादुर सुनारले बताए । बेहना २०५९ फागुन ४ बाँके साबिक फत्तेपुर गाविस–१ नन्कौपुर गाउँको उत्तरमा रहेको जंगलभित्र मोहर मली साईलाई धारिलो हतियारले टाउको, निधार र खट्टाको फिलामा प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि गाडेर स्थलबाटै भागी फरार रहेका थिए ।