खाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत

सदरलाइन संवाददाता ४ कार्तिक २०८०, शनिबार १३:३१
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो ।

कृषि प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएका किसानलाई निर्देशनालयले नगद रकमसहित सम्मान गरेको हो । रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया, रोल्पा, पाल्पा र दाङका खाद्यान्न, तरकारी, मसलाजन्य बाली र मौरीपालक किसान पुरस्कृत भएका छन् । प्रादेशिक कृषिजन्य खाद्य वस्तुको प्रतिव्यक्ति उपलब्धतामा दलहन र तेलहन बालीमा करिब दश प्रतिशतले न्यून रहेको तथ्याङ्क छ ।


प्रदेशको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत रहेको छ । प्रदेशको ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच लाख ३५ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । सिँचाइ प्रदेशलाई कृषिजन्य खाद्यवस्तुमा आत्मनिर्भर बनाउने गरी कार्य भइरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए ।

खाद्यवस्तुहरुमा दिगो पहुँच र उपभोग वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा हाँसिल गर्ने मन्त्रालयको लक्ष्य राखिएको समेत उनले जानकारी दिए । उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरीय बीउ, सिँचाइ सुविधा र मलखादको आवश्यकता पर्दछ । तर किसान ती कुराबाट विमुख छन् । लुम्बिनी प्रदेशमा खाद्य सुरक्षका लागि जलवायु परिवर्तन, रोग किराजन्य महामारी, कृषि सामग्रीमा सीमित पहुँच, बजार पहुँच सिमित हुनुजस्ता चुनौती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१ सय ५६ वर्षदेखि नेपालगञ्जमा रामलिला मञ्चन हुँदै

४ कार्तिक २०८०, शनिबार १३:३१
नेपालगञ्ज : नेपालगञ्जमा रामलिला मञ्चन संस्कृतिको रुपमा स्थापित भएको छ । घटस्थापनामा सुरु भइ टीकाको भोलिपल्टसम्म चल्ने रामलिला १ सय ५६ वर्षदेखि निरन्तर चलिरहेको छ । रामलिला मञ्चनकै लागि सहरको बीचमा रामलिला मैदान संरक्षित छ । त्यही रामलिला मैदानमा यतिबेला भारतको बृन्दावनबाट कलाकार ल्याएर रामलिला मञ्चन भइरहेको छ । खाना […]

सम्बन्धित