लाखौंको अवैध सामान बरामद

सदरलाइन संवाददाता २४ कार्तिक २०७७, सोमबार १७:४४
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले अवैध सामग्री बरामद गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरिएको विभिन्न सामान सोमवार बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको नेतृत्वमा गएको टोलीले सोमवार बिहान ३ बजे नेपालगञ्ज वडा नम्बर १५ पिपराहवा गाउँको सिमानाकाको बाटो भएर ल्याउँदै गरेको अवैध सामग्री बरामद गरेको हो ।


३१२ थान वेल्ट, ६५ हजार १ सय रुपैयाँ मुल्य बराबरको ९३ पिस ठुलो साईजको जुत्ता र २९ हजार रुपैयाँ बराबरको ११६ पिस सानो साईजको जुत्ता बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ भारतबाट नेपालगञ्ज ल्याउदै गरेको अवैध सामग्री छोडेर तस्करहरु भारततर्फ भागेको सशस्त्र प्रहरीले बताएको छ । बरामद गरिएका १ लाख ८७ हजार ७ सय रुपैयाँ मुल्यका अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

Next Post

२४ कार्तिक २०७७, सोमबार १७:४४
  नेपालगञ्ज  :  नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, बाँकेले नेपालीहरुको महान पर्ब दशै, तिहारसँगै छठ पर्व र मोहमद डे लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान पर्व विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ । अध्यक्ष बुद्धिराज बर्तौलाका अनुसार संघको आयोजनामा मंगलबार नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको हो । […]

सम्बन्धित