तीन दिने क्षमता विकास कार्यशाला सम्पन्न

१४ फाल्गुन २०७६, बुधबार १६:२७
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि गरिएको क्षमता विकास कार्यशाला बुधवार सम्पन्न भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत युएसएआइडीको सहयोगमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले ३ दिने कार्यशाला आयोजना गरेको थियो ।
कार्यशालामा गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधि र राष्ट्रिय प्रारम्भिक शिक्षा पढाई कार्यक्रमका शिक्षकहरुको सहभागिता थियो ।
कार्यशालामा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्जय कुमार कर्ण, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उपेन्द्र भण्डारी, श्रोत ब्यक्ति राम एकवाल मण्डल र शिक्षा शाखाकै सन्तोषकुमार गुप्ताले सहजीकरण गरेका थिए । कार्यशालाको समापन गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानोको प्रमुख आतिथ्यतामा भएको हो ।

Next Post

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

१४ फाल्गुन २०७६, बुधबार १६:२७
सदरलाइनडटकम, सल्यान : मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । सल्यान रुकुम खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा शिद्ध कुमाख गाउँपालिका १ का २९ वर्षीय रमेश बुढाथोकीको मुत्यु भएको हो । बुधवार रा ३ प ८८८८ नम्बर मोटरसाइकल सडकबाट करीब ६ मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका […]

सम्बन्धित