मिलापत्र मै टुंगिन्छन् घरेलु हिंसाका उजुरी

६ माघ २०७४, शनिबार १२:०४
 

सदरलाइन / रुद्र सुवेदी 
६ माघ, नेपालगन्ज :  बाँकेमा घरेलु हिंसाका उजुरी आउने भए पनि अघिकांश मिलापत्रमा नै टुंगिने गरेको पाईएको छ । पीडितले उजुरी गरेपनि घरपरिवार र समाजिक दवाबको कारण घरेलु हिंसाका घटनाहरु मिलापत्रमै टुंगिने गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेलमा गत तीन वर्ष आएका ९ सय ५७ उजुरी मध्ये ६६ वटा मात्र अदालतमा मुद्दाको रुपमा गएको र ८ सय ३१ वटा उजुरी मिलापत्रमा टुंगिएको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा घरेलु हिंसाका उजुरी दर्ताहुनको लागि पहिलेको तुलनामा बढी आउने गरेको कार्यालयका महिला तथा बालबालिका शाखा प्रमुख तथा प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाईजा मगरले जानकारी दिईन ।
उनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/०७३ मा घरेलु हिंसाका ३ सय २८ उजुरी आएकोमा २७ वटा मात्र संबन्धित निकायमा (अदालत) गएको बाँकी २ सय ८३ मेलमिलाप र १८ वटा उजुरीकर्ता प्रहरीमा उजुरी गरे पछि सम्पर्कमा नै नआएको पाईएको छ ।
यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा ३ सय ९७ वटा उजुरी दर्ता हुँदा २६ जना मात्र सम्बन्धित निकाय (अदालत) गएको ३ सय ५९ ले मिलापत्र गरेको र १२ जना सम्पर्कमै नआएको पाईएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ को पुस मसान्तसम्म २ सय ३२ वटा उजुरी आएको मध्ये १३ जना अदालत गएकोमा १ सय ८९ मिलापत्रमा टुंगिएको र ४० जना सम्पर्कमा नआएको तथ्याङ्क सार्वजनिक भएको छ ।
उनले कार्यालयमा आउने उजुरी मध्ये अधिकांश पारिवारिक विवाद, असमझदारीका कारणले हुने गरेको बताईन । उजुरीको संख्या बढे पनि पीडितले न्याय पाउनको लागि संबन्धित निकायसम्म जानेको संख्या अत्यन्त न्यून रहने गरेको बताउदै उनले भनिन–‘अधिकांश उजुरीकार्तहरु आवेगमा आएर उजुरी गरे अव मिलेर बस्छौ भन्दै उजुरी फिर्ता गर्न र मिलापत्र गराई माग्न कार्यालयमा आउने गरका छन् ।’ महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका उजुरीहरु बारे दुबै पक्षको छलफल गराउँदा सामान्य विषय भए पनि पारिवारिक अज्ञानता, असमझदारी र विचलनले उजुरी दर्ता हुने गरेको उनको भनाइ छ ।

Next Post

बिभिन्न पेशागत संघसंस्थाका प्रमुखहरुसँग छलफल

६ माघ २०७४, शनिबार १२:०४
सदरलाइनडटकम ६ माघ, नेपालगन्ज : आगामी माघ ११ देखि २२ गतेसम्म सडक डिभिजन परिसर नेपालगन्जमा संचालन हुने प्रादेशिक महोत्सवको मिति नजिकिएसँगै बिभिन्न संघसंस्थाका प्रमुखहरुसँगको भेटघाटलाई तीब्र पारिएको छ । सो महोत्सवमा सर्वपक्षिय ऐक्यवद्धता कायम गराउन बिभिन्न निकायका पदाधिकारीसँगको भेटघाटलाई तीब्र पारिएको आयोजक संस्था नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । […]