आर्थिक विकास पर्यटनसँग जोडिएको छ : मुख्यमन्त्री पोखरेल

९ फाल्गुन २०७६, शुक्रबार १६:१७
 

सदरलाइनडटकम,
दाङ : मुख्यमन्त्री शंखर पोखरेलले सामाजिक र आर्थिक विकास पर्यटनसंग जोडिएको बताएका छन् । शिवरात्रीका अवसरमा पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले शुक्रवार धारापानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रनै आर्थिक सामाजिक विकासको आधार भएको बताए ।
धारापानि धाम विश्वकै आकर्षणको केन्द्र बन्न सक्ने भन्दै उनले यसको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । स्थानीयस्तरबाटै भएको प्रयास दिगो र प्रभावकारी हुने भन्दै उनले धारापानीको बिकासलाई स्थानीयको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद सुजिता शाक्यले पर्व र दिवसहरुले एकता र समृद्धिमा जोड दिने उल्लेख गरिन् । समितिका उपाध्यक्ष शंकर गौतमको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा सचिव बिष्णुराम अर्यालले सहजिकरण गरेका थिए ।

Next Post

भगवान शिवको पूजा गरी महाशिवरात्रि मनाईंदै

९ फाल्गुन २०७६, शुक्रबार १६:१७
सदरलाइनडटकम, नेपालगञ्ज : हिन्दू धर्मावलम्बीले शुक्रवार बाँकेसहित देशैभर महाशिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव भगवान शिवको पूजा, आराधना गरेर शिवारात्रि पर्व मनाईंदै छ । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिरहेका छन् । शुक्रवार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी […]