सदरलाइनडटकम,
रुकुम पश्चिम : पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले बताएका छन् ।
कर्णाली प्रदेश प्रेस संगठन नेपालले रुकुम पश्चिम चौरजहारीमा आइतवार गरेको भेला तथा शपथग्रहमा सम्वोधन गदै शर्माले यस्तो बताएका हुन् । पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको बताए ।
सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको भन्दै उनले राज्यले कर्णालीलाई हेला गरेकोले कर्णालीको विकासका लागि आवाज बुलन्द बनाउन पत्रकारलाई आग्रह गरे ।
