बाँकेमा एकजना झुण्डिएको अवस्थामा फेला

सदरलाइन संवाददाता १५ मंसिर २०७९, बिहीबार १३:५४
 

कोहलपुर (बाँके) : कोहलपुर २ बिकास नगर जनएकता मध्यबर्ती सामुदायिक बनमा एक जना युवक रुखमा झुन्डिएको अबस्थामा फेला परेका छन् ।

सुर्खेत घर भइ बाँकेको शम्शेरगन्ज दिदिको घर आएका राम बहादुर महतरा बिहीवार बिहान झुन्डिएको अबस्थामा फेला परेका हुन् । बिहान करिब ६ बजे घासदाउरा लिन गएका गाउँलेले युवक रुखमा झुन्डिएको देखेपछि ईलाका प्रहरी कार्यलय कोहलपुरलाई खबर गरेका थिए ।


सलको पासो लगाइ रुखमा झुन्डिएको अबस्थामा फेला परेको युवकको मृत्यु प्रेम सम्बन्धको कारण हुन सक्ने प्रहरीले आकलन गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चेतन हत्या प्रकरण : बाजुराका एक वडाअध्यक्ष प्रक्राउ

१५ मंसिर २०७९, बिहीबार १३:५४
नेपालगञ्ज : बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । चेतनका आफन्तले हत्यामा संलग्न भएको आरोप लगाउँदै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी […]