नेपालगञ्ज : बाँकेमा हालसम्म १८ हजार ७ सय ४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जुन ४.९ प्रतिशतले हुन आउँछ । भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपको दुबै डोज लगाउनेको संख्या हालसम्म १८ हजार ७ सय ४ पुगेको हो ।
दुबैको पहिलो डोज लगाउनेको संख्या भने ५४ हजार ४ सय ७५ रहेको छ । यो १४.३ प्रतिशत हो । बाँकेमा १८ बर्ष माथिको जनसंख्या ३ लाख ८० हजार छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाएकाहरुको संख्या २० हजार ८ सय ७३ हुँदा दुबै डोज लगाउने भने १० हजार १ सय ६७ जना छन् ।
यस्तै भेरोसेल पहिलो डोज ३३ हजार ६ सय २ जनाले लगाएका छन् भने दुबै डोज लगाउनेको संख्या ८ हजार ५ सय ३७ छ ।
यो संख्यालाई खोप लगाउँदा हालसम्म कोभिशिल्ड ४१ हजार २ सय ७ डोज र भेरोसेल ५० हजार ६ सय ७६ डोज खर्च भएको छ ।