सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार सातै प्रदेश प्रमुखको पदमुक्त गरेका थिए । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताए ।
पार्टीले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, डडेलधुराका गोविन्द कलोनी, झापाका विष्णु प्रसाईँ र काठमाण्डौकी शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा सरकारले निर्णय गरेर राष्ट्रपति कहाँ सिफारिस गर्ने महासचिव पौडेलले बताए ।
Next Post
कालंगा हाईड्रो सुरुङभित्रै चार मजदुर थुनिए
१८ कार्तिक २०७६, सोमबार १५:२१
सम्बन्धित
-
११ जेष्ठ २०७७, आईतवार १६:४०
१९ जना थपिएसँगै संक्रमितको संख्या ६०३ पुग्यो
-
४ मंसिर २०७४, सोमबार २०:५५
बाँकेका युवाका लागि तीनदिने मानव बेचबिखनबिरुद्ध तालिम
-
२१ कार्तिक २०८०, मंगलवार १३:३१
कोहलपुर चौराहको ५०० मिटर वरपर गाडी रोक्न नपाईने
-
७ चैत्र २०७८, सोमबार १२:४५
५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै
-
१२ श्रावण २०७६, आईतवार १६:१३
राहदानीबाट बाँके प्रशासनलाई बढी राजश्व
-
१८ बैशाख २०७६, बुधबार २३:४६
मेयर डा. राणाले भने : न्यूरोडमा यस्तो बनाउने हो