सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानको राजधानी काबुलमा मंगलवार बिहान आत्मघाती आक्रमणमा हुँदा पाँच जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयानुसार बिहान ८ बजेतिर विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको ज्यान गएको र अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मा नलिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ । आक्रमणमा अन्य १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनु भएको छ ।
गृह मन्त्रालयले ज्यान गुमाउनेको संख्या पुष्टि गरेको छ । ‘विस्फोट ठूलो थियो, यसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालिएको स्थानीय समीउल्लाहले बताए ।
पछिल्लो साता तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख शहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएपनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ । (एजेन्सी)