श्रीमद् भागवत् कथा ज्ञान यज्ञ महोत्सव नेपालगञ्जमा शुरु

२७ कार्तिक २०७५, मंगलवार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संगीतमयी श्रीमद् भागवत् कथा ज्ञान यज्ञ महोत्सव मंगलवारबाट नेपालगञ्जमा शुरु भएको छ । नन्कुराम होलीराम (थोक कपडा पसल) नेपालगञ्जको आयोजनामा शुरु भएको महोत्सव शुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेनजिकै रहेको जुनीयर क्याम्ब्रिज स्कुलको प्राङ्गणमा शुरु भएको महोत्सव मंसिर ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा बृन्दावनबाट आएका अन्तर्राष्ट्रीय सन्त श्री नवराज प्रपन्न जी महाराजद्वारा कथा वाचन हुनेछ ।
महोत्सव शुरु हुनुभन्दा अघि नेपालगञ्जको महाकाली मन्दिरबाट कलश यात्रा शुुरु भई महोत्सव स्थलमा पुुगेर विर्सजन गरिएको थियो । कलश यात्रामा भगवान कृष्ण र देवीको रुपमा बालबालिका सजिएका थिए । महोत्सवमा संगीतमयी कथा वाचन साथै योग अभ्याससमेत गराईने आयोजकले बताएको छ ।



आयोजकको तर्फबाट नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका नन्दलाल वैश्यले योग साधना अभ्यास, प्राणायम र आसान गर्नाले शारीरिक, मानसिक तथा आध्यात्मिकरुपले स्वस्थ हुने हुदाँ श्रद्धालुहरुलाई सहभागिताका लागि आग्रह गरेका छन् ।

Next Post

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन

२७ कार्तिक २०७५, मंगलवार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज : मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सोमवार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अर्घ्य दिँदै छठ समापन गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई […]