सदरलाइनडटकम,
बुटवल : भैरहवास्थित लुम्बिनी प्रेस क्लबको भवनको एक औपचारिक कार्यक्रमका बीच मंगलवार शिलान्यास गरिएको छ । १० धुर जग्गामा निर्माण हुन लागेको ४ तले भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले शिलान्यास गरेका हुन् ।
संसदीय विकास क्षेत्र कार्यक्रमअन्तर्गत मन्त्री भुषालले ५० लाख बजेट लुम्बिनी प्रेस क्लबलाई दिएपछि भवन निर्माण शुरु भएको हो । उनको क्षेत्रको सो बजेटबाट क्लबले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनी रोडमा चार तले भवन बनाउन थालेको छ । लुम्बिनी प्रेस क्लब भैरहवा क्षेत्रका पत्रकारहरु आवद्ध संस्था हो ।
कार्यक्रममा बोल्दै मन्त्री भुषालले कृषि कर्ममा लाग्ने नागरिकको लगानी र मिहिनेत खेर जाने अवस्था आउन नदिन सरकार लागेको बताए । उलले विकासका काममा राजनीति गर्न नहुने र आफुले पनि नगर्ने दाबी गरे ।
Next Post
डुडुवामा आकस्मिक आश्रयस्थल निर्माण हुँदै
२८ माघ २०७६, मंगलवार १४:००
सम्बन्धित
-
२७ फाल्गुन २०८०, आईतवार १८:१६
समाजसेवी मिश्रद्वारा ‘रङ्ग–ए–गजल’ विमोचन
-
१८ भाद्र २०८०, सोमबार १४:१६
घोराहीमा चारलेन सडक मर्मत शुरु
-
२० श्रावण २०७६, सोमबार १४:४८
मुगुमा वडा कार्यालयसहित सात घरमा आगजनी
-
३० श्रावण २०७६, बिहीबार १६:३५
मुख्यमन्त्री शाहीलाई लक्षित गरि पुनः बम विष्फोट
-
५ जेष्ठ २०८०, शुक्रबार १२:५०
रोजगारीमा सहयोग गर्ने अभिभावकको प्रतिवद्धता
-
१७ बैशाख २०७९, शनिबार २०:०३
बाँकेको डुडुवामा काँग्रेसको घरदैलो