केपीएलमा कर्णाली ११ को विजयी शुरुवात

१२ बैशाख २०७६, बिहीबार १९:०९
 

सदरलाइनडटकम,
सुर्खेत : दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) मा कर्णाली–११ ले विजयी शुरुवात गरेको छ । वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा कर्णालीले लाली गुराँस क्रिकेट क्लबलाई ८ विकेटले हराएको हो ।
लाली गुराँस क्रिकेट क्लबले दिएको एक सय दुई रनको लक्ष्य कर्णालीले दुई विकेटको गुमाउँदै १४ दशमलव दुई ओभरमा भेटायो । कर्णालीका लागि रविन्द्र जंग शाहीले सर्वा्धिक ४५ रन बनाउँदा निश्चल रावलले ३१ रनको योगदान दिए । लाली गुराँसका लागि अजय यादव र प्रणव शाहले सान्त्वनाका रुपमा एकएक विकेट लिए । लाली गुराँस १६ रन अतिरिक्त दिएको थियो ।
सअघि पहिला टस जितेर ब्याटिङ गरेको लाली गुराँसले निर्धा्रित २० ओभर खेल्दै सबै विकेटको क्षतिमा एक सय एक रनमात्र बनाउन सक्यो ।
लाली गुँरासका लागि रोनक दक्षिनीले २१ र अजय यादवले २० रन बनाए । लाली गुराँसलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन दिँदै तीन विकेट लिए । त्यस्तै दिवान पुनले तीन र जीतेन्द्र सिंह ठकुरीले दुई विकेट लिए । वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिमको सहभागिता रहेको छ । लिगको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पाउने छन् ।

Next Post

भर्ना अभियानमा सांसद् गहतराजद्वारा घरदैलो

१२ बैशाख २०७६, बिहीबार १९:०९
सदरलाइनडटकम, नरैनापुर (बाँके) : शिक्षामा पछाडि परेको बाँकेको नरैनापुर गाउँपालिकामा भर्ना अभियानलाई प्रभावकारी बनाउन सांसद् पनि घरदैलो कार्यक्रममा सहभागी भएका छन् । वडा नम्बर ५ मटेहियामा गरिएको घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले पनि सहभागिता जनाएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । वडा नम्बर […]