बाँके क्षेत्र नं. २ मा राप्रपा र एमालेको चुनावी माहोल बन्दै

सदरलाइन संवाददाता २० कार्तिक २०७९, आईतवार १३:३५
 

नेपालगञ्ज : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नं २ मा राप्रपा र एमालेका उम्मेदवारको पक्षमा चुनावी माहोल बनेको छ ।

नेकपा एमालेले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश ख मा एमालेका निरकबहादुर गुरुङको जित सुनिश्चित देखिएको छ ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा. राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा अगाडि रहेका छन् । दुई पार्टीको पार्टीगत मत बाहेक डा. राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेकोले जित सुनिश्चित देखिएको राप्रपाले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ । यो तथ्यका आधारमा पनि डा. धवलको जित सुनिश्चित रहेको छ । दुई पार्टीको चुनावी तालमेलका आधारमा प्रदेशसभा तर्फपनि यादव र गुरुङको जित सहज रहेको छ ।


राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगञ्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।

२०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उम्मेदवार राणाले मेयर हुँदाको जस्तै सांसद भएपछि पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गर्नुभएको छ । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका हुन् ।

राप्रपाका केन्द्रीय महामन्त्री राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर २ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ । राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गरे ।

राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नम्बर–३ मा चुनावी अभियान तीब्र

२० कार्तिक २०७९, आईतवार १३:३५
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर–३ मा चुनावी अभियानले तीब्रता पाएको छ । सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा किशोरसिंह राठोर र एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुँदै छ । त्यहाँ दुवै उम्मेदवारले आ आफ्नो जितको दावी गरेका छन् । एमालेलाई राप्रपाको साथ छ । काँग्रेस सहमहामन्त्री समेत रहेका राठोरले विकास निर्माण आफ्नो मुख्य एजेण्डा […]