प्रहरीका ५ नं. प्रदेस प्रमुख एआईजी लामाको जनमैत्री प्रहरी बन्न निर्देशन

१ कार्तिक २०७४, बुधबार १८:०४
 

सदरलाइनडटकम
१ कात्तिक, नेपालगन्ज : प्रदेश नंम्बर ५ का प्रहरी प्रमुख तथाा अतिरिक्त प्रहरी महानिरिक्षक मिंङ्गमार लामाले आफ्नो मातहातका प्रहरी युनिटलाई जनमैत्री हुन निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हाले पछि पहिलो पटक बाँके बर्दिया निरिक्षणको लागि आएका एआईजी लामाले जनमैत्री प्रहरी भएर सेवा दिनको लागि आफ्नो मातहातलाई निर्देशन दिएका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘ प्रहरीले जनताको सुरक्षा र सेवा दिनको लागि तत्पर रहदै जनतासंग सहयोग लिएर उनीहरुको मन जितेर कार्य क्षेत्रमा खटिने छ ।’
उनले प्रहरीलाई अझ व्यावसायिक बनाउदै लौजानको लागि बस्तु निष्ठ अनुसंंधान गर्दै प्रहरीको अनुसंन्धान अझ पीडितमैत्री बनाउन विभिन्न अपराधको अनुसंधानमा खटिने पीडितमैत्री भएर अनुसंन्धान गर्न आफुले निर्देशन दिनुका साथै आग्रह समेत गरेको बताए ।
उनले महिला तथा बालबालिकालाई न्याय दिन र उनीहरु माथि हुने गरेको विभिन्न प्रकारका हिंसाका घटनालाई निरुत्साहीत गर्नको लागि जिल्ला तहमा महिला सेलको निर्माण गरी सञ्चालनमा ल्याउन थालेको जानकारी दिए ।
उनले भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्दै प्रहरीले अझ व्यावसायिकतालाई बढाएर पीडितमैत्री र वस्तुनिष्ठ अनुसंधान सुरु गरेर जनतालाई तत्काल राहत महशुस गर्ने गरी काम गर्नको लागि सबै युनिटहरुलाई निर्देशन समेत दिए ।
उनले संघियता कायम गर्ने क्रममा प्रदेस नं. ५ को अस्थायी राजधानी दाङ्गको तलसीपुरमा हुने संकेत देखिएकोले आफ्नो कार्यालय पनि दाङ्गको तुल्सीपुरमा रहेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त देउसी भैलो

१ कार्तिक २०७४, बुधबार १८:०४
सदरलाइनडटकम १ कात्तिक, नेपालगन्ज : केन्द्रमा बाम तालमेल भन्दा अघि नै बाँकेमा कार्यगत एकता गरी पत्रकार महासंघ बाँकेको नेतृत्वमा पुगेको प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर नेपाल बाँकेको संयुक्त टोलीले देउसी भैलो खेलेको छ । बाम तालमेल भएसंगै माउ पार्टीहरु बीचमा चुनावी तालमेल गर्ने भएको सहमती कार्यान्वयन गर्नको लागि […]