राज्याभिषेकसँगै नेपालगञ्जमा रामलीला सम्पन्न

२३ आश्विन २०७६, बिहीबार १७:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण बुधवार राती समापन भएको हो । नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए ।
कानोडियाका अनुसार, भारतको वृन्दावनबाट ल्याइएका कलाकारले रामलीला मञ्चन गरेका हुन् । धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको राज्याभिषेकसँगै रामलीला महोत्सव समापन भएको छ । वृन्दावनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको १५ जनाको टोलीले यो वर्षको रामलीला मञ्चन गरेको समितिका महामन्त्री जगदीशप्रसाद वैश्यले बताए ।
समापन समारोहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज धार्मिक सद्भावको शहर भएकाले यहाँ धार्मिक विशिष्टता रहेको बताए । उनले नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको जिकिर गरे । सो अवसरमा रामलीला सञ्चालक समितिले मन्त्री राईललाई सम्मान गरेको थियो ।

Next Post

विश्वकप छनोटमा नेपाल अष्ट्रेलियासँग पराजित

२३ आश्विन २०७६, बिहीबार १७:३७
सदरलाइनडटकम, काठमाण्डौ : विश्वकप फुटबलको छनोटअन्तर्गत नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नेपालले अष्ट्रेलियासँग निकै फितलो प्रदर्शन गर्यो । पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा २ गोल खायो । नेपालले अष्ट्रेलियाको पोष्टसम्म बल पुर्याउनै सकेन । अष्ट्रेलियाका जिमी म्याकलरेनले ह्याट्रिक गरे […]