सदरलाइनडटकम,
कञ्चनपुर : भारतको उत्तर प्रदेश प्रदेशको खिरी जिल्लाको खजुरीयाबाट सम्पूर्णानगरतर्फ गइरहेको यात्रुबाहक बसले सोमवार मोटरसाइकल सवार नेपालीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।
युपी ३१ टि ०३२७ नम्बरको भारतीय बसले ठक्कर दिँदा कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ झिलमिलाका अन्दाजी १८ वर्षीय राजेश लुहारको मृत्यु भएको हो । म २ प ६८०५ नम्बरको मोटरसाइकलमा सवार लुहारलाई बसले पछाडिबाट ठक्कर दिँदा लुहारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।
मोटरसाइकल चालक सोही ठाउँका वर्ष २१ को रोहित रोकाया भने सामान्य घाइते भएका छन् । ठक्कर दिने बस र चालक भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतको शव परीक्षणका लागि भारतीय अस्पतालमा राखिएको छ । निकटबर्ती भारतीय बजारमा सामान खरिदका लागि गएका बेला दुर्घटना भएको बताइएको छ ।
