सदरलाइनडटकम,
दाङ : मोटर साइकल दुर्घटनामा परी दाङमा एकजना को मृत्यु भएको छ । लमही घोराही सडक खण्डअन्तर्गत कुलमोड नजिक रा ३ प ५७११ नं. को मोटर साइकल अअनियन्त्रित भई दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्णबहादुर डाँगीको मृत्यु भएको हो ।
मृतकलाई नाक, मुखमा गम्भीर चोट लागेको थियो । घाइते डाँगीको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।


