अमेरिका–मेक्सिको सीमामा भेटियो अहिलेसम्मकै लामो ‘सुरुङ’

१६ माघ २०७६, बिहीबार १६:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी अधिकारीहरुले अमेरिका–मेक्सिको सीमानामा अहिलेसम्मकै लामो तस्करी सुरुङ पत्ता लागेको बताएका छन् । चार हजार तीन सय नौ फिट (एक हजार तीन सय १३ मिटर) लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, पानीको निकास, भेन्टिलेसन र उच्च भोल्टेजको विद्युतीय केबल पनि छ ।
सुरुङ मार्ग मेक्सिको शहरको तिजुआनाको औद्योगिक क्षेत्र र क्यालिफोर्नियाको सान डिएगोसँग जोडिएको छ । अनुसन्धानका क्रममा कोही पनि गिरफ्तारीमा नपरेको र कुनै लागुऔषध फेला नपरेको अधिकारीहरुले जानकारी दिएका छन् । सुरुङको पछाडि कसलाई शङ्का गरिएको छ भन्ने बारेमा उनीहरुले केही बताएका छन् । तर अमेरिकी अधिकारीहरुले बताएअनुसार मेक्सिकोको सिनालोआ कार्टेल यो क्षेत्रमा लागुऔषधको तस्करी गर्ने विश्वको एक ठूलो सङ्गठन हो ।


यसका संस्थापक तथा लामो समयसम्म नेतृत्व गर्ने जाओक्विन ‘ईआई चापो’ गुजम्यान अहिले अमेरिकाको जेलमा कैद छन् । यो सुरुङ गएको अगस्ट महिनामा पत्ता लागेको हो । गत बुधवार सुरुङ मार्ग सार्वजनिक गर्नुअघि मेक्सिकोको अधिकारीहरुले सुरुङको प्रवेशद्वार पत्ता लगाएका थिए भने अमेरिकी अनुसन्धानकर्ताहरुले मापन गरेको थिए ।
अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाले सुरुङको तल्लो सतहको औसत गहिराइ ७० फिट (२१ मिटर), उचाइ ५ दशमलव ५ फिट र चौडाइ २ फिट रहेको बताएको छ । यसलाई बनाउन कति समय लाग्यो भन्ने बारेमा प्रष्ट भएको छैन । सान डिएगो होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका कार्डेल मोरेन्टले भने, ‘यो विशेष परिष्कृत सुरुङको सहायताद्वार अन्तर्रा्ष्ट्रिय तस्करहरुलाई समय बचाउन सघाउ पुगेको थियो ।
जसबाट सहजै सीमा वारपार गर्न सकिन्थ्यो ।’ बयानका अनुसार सान डिएगो को ओटे मेसा औद्योगिक गोदाम क्षेत्रमा सुरुङको एक संदिग्ध पूर्वनिकासलाई अवरुद्ध गर्दै अनेक मार्ग बनाइएको थियो ।



सन् २०१६ पछि मेक्सिकोसँगै जोडिएको क्यालिफोर्निया सीमामा दर्जन बढी परिष्कृत सुरुङ भेटिइसकेका छन् । सन् २०१४ मा सान डिएगोमा दुई हजार ९ सय ६६ मिटर लामो दोस्रो लामो सुरुङ भेटिएको थियो । (एजेन्सी)

Next Post

डाक्टर बन्ने लक्ष भएकी श्रृष्टि

१६ माघ २०७६, बिहीबार १६:५४
श्रृष्टि फौजा ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित ‘मिस मिडवेष्ट’ को सातौ संस्करणको प्रतियोगी हुन । प्रतियोगी नं.३ बाट परिचित उनी नेपालगञ्ज उप–महानगरपालिका वडानं ४ गणेशपुर निवासी हुन । प्रतियोगी फौजाको बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएका कुराकानीको सम्पादित अंश । रुचि संधै खुसी हुन रुचाउने श्रृष्टि आफ्नो कारणले अरुलाई खुसी […]